पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । वडाका निवर्तमान कार्यबाहक वडाध्यक्ष उजुरसिं रानाको अध्यक्षतामा बसेको बैठकले नवनिर्वाचित वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा ७ सदस्यीय सन्चालन तथा व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा मिम्श्री बयम्बु र सदस्यहरुमा महिला स्वास्थ्य स्वयंसेविका पानकुमारी बयम्बु,एम बहादुर सार्की,लिमीसरा राना र सदस्य सचिवमा स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना रहनुभएको हो । साथै वडाध्यक्ष सुनारीको अध्यक्षतामा १५ सदस्यीय खोप समन्वय समिति गठन गरेको छ ।
यसैबिच सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम समेत गरेको छ । स्वास्थ्य चौकी प्रमुख मीन बहादुर रानाको स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन अनमी देवती रानाले गर्नुभएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९ १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय