Erani Mahal
निस्दी गाउँपालिकामा ८४ जनाको  उम्मेदवारी दर्ता
nisdii
पाल्पा - निस्दी गाउँपालिका, पाल्पामा ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि निस्दीमा विभिन्न पार्टीबाट ८४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले बताउनुभएको छ । पालिका अध्यक्षको लागि ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ३ जना , वडा अध्यक्षमा १६ जनाले उम्मेदवारी दिएका छन । खुल्ला सदस्यमा ३१ जना , महिला सदस्यमा १५ जना र दलित महिला सदस्यमा १४ जनाले उम्मेदवारी दिएको अधिकृत बस्यालले बताउनुभएको छ । गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य मुक्त बहादुर सारु , गठबन्धनबाट नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर १ क का उपसभापति गोविन्द प्रसाद अर्याल , मङ्गोल नेशनल अर्गनाइजेसनबाट निरञ्जन सुनारी जनता समाजवादीबाट राज कुमार गाहा र स्वतन्त्रमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य दमन सिंह थापा पाटाले उम्मेदवारी दिनुभएको छ । पालिका उपाध्यक्षमा नेकपा एमाले निस्दी गाउँ कमिटी उपाध्यक्ष तिरण कुमारी श्रेष्ठ , गठबन्धनबाट नेकपा माओवादी केन्द्र निस्दीका अध्यक्ष रामप्रसाद खत्री र मङ्गोल नेशनल अर्गनाइजेसनबाट धन माया सारुले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर १ बाकामलाङको वडा अध्यक्षमा एमालेबाट यम बहादुर राना , कांग्रेसबाट पुर्ण बहादुर खाँण र माओवादी केन्द्रबाट कृष्ण बहादुर घर्ती क्षेत्रीले उम्मेदवारी दर्ता गर्नुभएको छ । सहलकोटको वडा अध्यक्षमा एमालेका फत्त सिं दर्लामी र गठबन्धनका यम बहादुर मश्राङ्गीले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर ३ झिरुबासको वडा अध्यक्षका लागि एमालेबाट नविन्द्र थापा सोती र गठबन्धनबाट धनबहादुर खण्डलुकले उम्मेदवारी दिनुभएको छ । मित्यालबाट वडा अध्यक्षमा एमालेका सन्तवीर सुनारी र गठबन्धनबाट भुपिन्द्र सुनारीले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर ५ गल्धाबाट एमालेका दुर्गा बहादुर सोमै , गठबन्धनबाट कालुराम सारुले उम्मेदवारी दिनुभएको छ । अर्चलेको वडा अध्यक्षका लागि एमालेबाट मेख बहादुर सुनारी र गठबन्धनबाट गगन सिं खन्गाहाले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर ७ ज्यामिरेको वडा अध्यक्षमा एमालेका मुक्त बहादुर पाटा , गठबन्धनबाट मोहन राक्से र मङ्गोल नेशनल अर्गनाइजेसनबाट टेक बहादुर गाहाले उम्मेदवारी दिनुभएको छ । वडा नम्बर ६ अर्चलेको दलित महिला सदस्यमा लाली माया विश्वकर्माको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत बस्यालले बताउनुभएको छ । अहिलेको निर्वाचनमा निस्दीमा ४ दलको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update