पाल्पा - निस्दी गाउँपालिका , पाल्पाको परीक्षा केन्द्रबाट यसवर्षको एसइइ परीक्षामा २ सय ४९ जना विद्यार्थीले परीक्षा दिँदैछन । आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने परीक्षामा निस्दीबाट १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुँदैछन ।
जसमध्ये जन्ता माध्यमिक विद्यालय निस्दी - ५ , गल्धा , ढुंगानाबेसी केन्द्रबाट ६ वटा विद्यालयका विद्यार्थीले परीक्षा दिने शिक्षा शाखा संयोजक नर बहादुर थापाले बताउनुभएको छ । यसवर्षको एसइइ परीक्षामा गौरीशंकर माध्यमिक विद्यालय मित्यालबाट ६९ जना , जनक माध्यमिक विद्यालय झिरुबासबाट २५ जना र लक्ष्मी माध्यमिक विद्यालय झिरुबासबाट २८ जना विद्यार्थी सहभागी हुँदैछन ।
त्यसैगरी जनप्रिय माध्यमिक विद्यालय मित्यालबाट ३३ जना , गोरखनाथ माध्यमिक विद्यालय अर्चलेबाट ५३ जना र सरस्वती माध्यमिक विद्यालय गल्धाबाट ३७ जना विद्यार्थी सहभागी हुँदैछन । यसरी नियमित तर्फ १ सय ३१ जना छात्रा र १ सय १४ जना छात्र गरि जम्मा २ सय ४५ जना रहेका छन । त्यसैगरी ग्रेड वृद्धि तर्फ ४ जना विद्यार्थीले परीक्षा दिँदैछन । वडा नम्बर १ बाकामलाङ , २ सहलकोट र केन्द्र विद्यालयका विद्यार्थीले भने रामपुर केन्द्रबाट परीक्षा दिँदैछन ।
वडा नम्बर ७ ज्यामिरेका विद्यार्थीहरुले पुर्वखोला केन्द्रबाट परीक्षा दिने शाखा संयोजक थापाले बताउनुभएको छ । परीक्षा संचालनमा सहयोग पुर्याउनको लागि केन्द्र विद्यालयका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । परीक्षालाई मर्यादित एवं शान्ता वातावरणमा सञ्चालन गर्नको लागि तयारीमा जुटेको केन्द्र विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष तर्क बहादुर बयम्बुले बताउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९ १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय