होम राई मगर,पाल्पा- लक्ष्मी लघु वित्तीय संस्था लिमिटेड रामपुर पाल्पा शाखाले पुनर्ताजगी तालिम तथा बीमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
निस्दी गाउँपालिका वडा नम्बर-६,बस्ने लक्ष्मी सरा सुनारीको केही महिना अघि मृत्यु भएको थियो । वडाध्यक्ष मेख बहादुर सुनारीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बोल्नुहुदै सुनारीले नियमित बचत गर्नु राम्रो हो भन्दै कर्जाको सदुपयोग गर्न सुझाव दिनुभएको थियो । यसैगरी देउराली सामुदायिक बिकास बहुउद्देश्यीय सहकारी संस्था अर्चलेका उपाध्यक्ष महेन्द्र बयम्बुले सहकारी र लघु वित्तको सहकार्य हुनुपर्ने बताउनुभयो । शाखाका प्रमुख अम्मरराज जोशीले लक्ष्मी एप्स अनिवार्य प्रयोग गर्न सुझाव दिनु हुँदै दोहोरो कर्जालाई कम गर्नुपर्ने बताउनुभयो । मृतक लक्ष्मी सरा सुनारीका पति हुम बहादुर सुनारीलाई कर्जा बीमा बापतको ४ लाख रुपैयाँ र मासिक बचत बापत ३८ हजार ८९५ रुपैयाँ गरि कुल ४ लाख ३८ हजार ८९५ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
सात्दोबाट लक्ष्मी महिला केन्द्रका अध्यक्ष सुमित्रा सुनारीको अध्यक्षतामा चलेको कार्यक्रममा ४६ जना सदस्यहरुको उपस्थिति रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८ १४:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय