Erani Mahal
मन लोेभ्याउने गाउँ पाल्पा मस्याम
dd
–जीवलाल सुवेदी तपाई अन्त कही जाँदा पनी मज्जा लिन सक्नु भएन भने एक गाउँ छ त्यो गाउँ पुग्न साथ आनन्द आउछ । त्यहाँ मनै लोभ्याउने गाउँ छ त्यस गाउँको नाम हो मस्यामको हटिया र त्यसको केही माथी भाग छ जसको नाम हो जन्तीलुङ्ग जहाँ पाल्पा पाल्पाका धेरै भागहरु तानसेन वजार, मदनपोखरा, सत्यवती,कोलडाडा, वुटवल, भैरवा, भारतको गोरखपुर समेत देख्न सकिने हो मस्याम उक्त स्थान पुग्न मदन पोखराको डुमे्र वजार देखी ९ किलो मिटर माथी पुग्दा मनैमा आनन्द आउने वसौ वसौ लाग्ने नाचौ नाचौ लाग्ने स्थान हो । मस्यामको जन्तीलुङ्ग ठाउँको नाम राम्रो र रमाइलो लाग्दो छ धेरै मानिसहरुले पहिलो शब्दमा नै जन्तीलुङ्गको खास अर्थ के हो ? भनेर प्रश्न गर्नु हुन्छ यसलाई जन्ती जस्तै लाम लागेर वसेको ढुङगा हो भनिन्छ यस भेगमा धेरै मगरहरुको वाहुल्यता छ आज भन्दा ३०,३५ वर्ष पहिले यहाँ सानो पनी स्कुल थिएन । यहाँका वालवच्चाहरु मस्याम मा.वी. मा अध्यन गर्न आउदथे भने मस्याम वडा न. ४ मरामकोट भन्ने स्थान छ पहिले मस्याम थियो भने पछी सत्यवती वडामा गएर गाभिएको छ । यहाँ पनी मगरको वाहुल्यता छ । यो स्थानका मानिसहरु नाच गान खानपिन रहन सहन वहुतै राम्रो छ । यहाँ पर्यटकिय क्षेत्र लोभ्याउने क्षेत्र नै हो यहाँ एक गुफा छ भने हालै निर्माण भएको पर्यटकिय स्थान रेलिङवार भएको क्षेत्र छ । यहाँ जानका लागी मदनपोखराको तल्लो डुम्रे र चर्चरे भन्ने स्थान वाट समेत जान सकिन्छ त्यहाँ पुग्ने जो कोही पनी फेरी आउनु पर्छ भन्ने जस्ता भनाईहरु आउने गर्दछ । मस्यामका महत्वपुर्ण स्थानहरु डुम्रे देखी माथिल्लो भागलाई टाटीडाडा, कुटेडाडा, कोष भिmरुवास, हटिया, धुसडाडा, सम्मखर्क, तारेपोखरा, कराङतुङ, सिस्ने खोला, पाटन, जन्तीलुङ्ग, काशिभन्जाङ अर्खेले रहेका छन् भने माथिल्लो डुम्रेवाट जान सक्ने स्थानहरु पानीमिल, जैसीटोला, सराय, भैसीकट्टा, भmेङला, वेलडाडा, कोलाङ, चिदीस यस्तै गरी अन्य नामहरु समेत छन् । मस्याम भन्ने ठाउँ नै ऐतिहासीक नाम हो यस भेग हटिया सिस्नेखोला, पाटन दोभान हुदै नुन र घर खर्च वुटवल भैरवा जाने वटुवाहरु फर्किदा मस्यामको सिस्नेखोला र हटियामा वास वस्ने जानेहरु पनी प्राय त्यही वास वस्ने ठाउँ हो यो २०२८,२०३० सम्ममा नै थियो त्यसपछी वुटवल तानसेनको वाटो खुले पछी मात्र मानिसहरु पाल्पाको तानसेनमा सामान खरिद गर्न थाले । मस्यामको हटियामा वास वस्नका लागी प्राय गरेर गुल्मी, स्याङजा, पाल्पाका केही भाग पूर्वतिरका, वाग्लुङका मानिसरुको नुन तेल अन्य लत्ताकपडा ल्याएर वटुवा वस्ने ठाउँलाई नै सिस्ने खोला हटिया नै हो यहाँ त्यतीवेला धेरै नेवार समुदायको वस्ती थियो । नेवारी खाना नेवारी कल्चर धेरै नै थियो । यहाँ प्रत्येक वर्ष नेवारी समुदायले आफ्नो मान्छे मरेको अवसरमा जात्रा देखाउदथे त्यती वेला जात्रामा गाईजात्रा, रोपाईजात्रा, वाघजात्रा निकालिन्थ्यो भने मस्याम र वरपरका छिमेकी गाउँका मानिसहरु उक्त जात्रा हेर्न घुइचो लाग्ने गर्थ्यो भने मस्याममा पुरानो स्कुल २०१४ स्थापना भएको मस्याम मा.वि. नै हो । यस विद्यालयमा अध्यन गर्न छिमेकी गाविसहरु वाट समेत आउने गद्थे मस्याम हटियामा अवस्थित यस विद्यालयमा वार्षिक उत्सवको अवसर रातभरी नाचगान हुने र यहाँका मानिसहरु कहिले विद्यालयको वार्षिक उत्सव होला र हेर्न पाईएला भनेर कुर्ने गर्दथे । ३०,३५ साल तिर मस्याम वसोवास गर्ने मानिसहरु वैदेशिक रोजगारीमा थिएनन् खेतीपाती गर्ने खाने मानिसहरु धेरै संस्कारी थिए । त्यती वेला छोरीलाई भन्दा छोरालाई पढाउने प्रचलन वढी थियो । त्यती वेला केही कुरा पनी समुहगत थिएन किन भने पञ्चायती व्यवस्था थियो । त्यती वेला प्रधानपन्च स्व.मान प्रसाद अर्याल हुनुहुन्थ्यो भने त्यसपछीको प्रधान पन्च मान प्र. श्रेष्ठ थमन वहादुर कार्की, उप प्रधानपन्च मिन प्रसाद घिमिरे २०४६ सालमा वहुदलिय व्यवस्था आए पछी गाविस अध्यक्ष पुर्ण वहादुर खाम्चा उपाध्यक्ष ओम प्रकास भुषाल, पुर्ण वहादुर खाम्चा दोस्रो पटक पनी गाविस अध्यक्ष हुनु भयो भने उपाध्यक्षमा दोस्रो कार्यकाल मिन प्रसाद घिमिरे निर्वाचित हुनु भएको थियो भने हाल गाविस अध्यक्ष येम वहादुर पुन सहित ५ सदस्य समितीले मस्यामको विकास निर्माणमा लाग्नु भएको छ । मस्याम एक खानी क्षेत्र पनी हो मस्यामको धुसडाडामा फलाम खानी रहेको छ भने यहाँ पहाडहरुमा धेरै जडीवुटीहरु पनी छ । अहिले मस्याममा धेरै सहकारीहरु खुलेका छन् विभिन्न समुहगत कार्यहरु भईरहेका छन् । यहाँ २०४८÷०४९ साल वाट उन्नत जातका गाई भैसी पालन गर्दै डुम्रे दु.उ.स. सहकारीको स्थापना भै संस्थापक अध्यक्ष स्व. ज्ञान प्रसाद खराल, रामीजी प्रसाद घिमिरे, विष्णु प्रसाद भण्डारी प्रवन्धक जीवलाल सुवेदी सहितले त्यहाँका किसानहरुलाई दुग्ध जन्य वस्तुहरुलाई प्रमोढ गरिएको छ । हाल उक्त संस्थाले दैनिक २०० लिटर दुग्ध पाल्पा र अन्य जिल्लामा समेत विक्री गर्दै आएको छ भने किसानहरुले गाईभैसी फर्म मार्पmत सञ्चालन गर्दै आएका छन् । अहिले मस्यामको कृर्षिकरिडोर जताततै खुलेको छ । यहाँ उत्पादित वस्तुहरु तानसेन, वुटवल, नारायणगढ, काठमान्डौमा समेत पु¥याउने गरेका छन् भने यहाँ सुरुमा अदुवा खेतीले पनी धेरै मानिसहरुलाई धनी वनाएको थियो । अहिले पशुपालन र कृषि नै यहाँको मुख्य पेशा रहेको छ भने यहाँ मगर जातीको ठुलो वाहुल्यता रहेको छ भने शैक्षिक क्षेत्रमा उल्लेखिय विकास भएको छ । पछिल्लो चरणमा यस भेगका मानिसहरु वुटवल वसाई सराई रहेको छ केही भाग जग्गाहरु वाझै अवस्थामा रहेको छ अव एक नियम वनाएर वाझो जग्गालाई खेती योग्य जमिन र त्यहाँ रहेका सवै युवायुवतीलाई रोजगार जसरी मरामकोट, जन्टीलुङ्गमा होमस्टे खुले जस्तै अन्य व्यवसाय गर्न जरुरी छ । हिमाल, पहाड, तराईको काखमा रहेको यो मस्याम जान जोे कोही पनी रमाउने ठाउँ हो भने यो गाउँको यात्रामा मनै लोभ्याउने गाउँ वन्नु पर्छ वनेको पनी छ । यहाँ आन्तरिक वाह्य पर्यटकहरु व्यापक रुपमा आउने गर्नु हुन्छ । मुख्यतया यहाँ धार्मिक तथा ऐतिहासिक मठमन्दीरहरु पनी छन् त्यसै गरी यहाँ वाट धेरै ठाउँहरुको अवलोकन गर्न सकिन्छ । मरामकोट जन्टीलुङ्गमा हिउदको समयमा चिसो हावामा रम्न सकिन्छ यो ठाउँमा वस्न र यहाँको खानपिन असाध्यै राम्रो र रमाइलो छ । यो स्थानमा पुग्न चर्चरे वाट र तल्लो डुम्रे वाट सजिलै पुग्न सकिन्छ । मरामकोट र जन्टीलुङ्गमा होमस्टे रहेको छ भने जन्टीलुङ्गमा सांस्कृती हव वन्दै पनी छ । प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update