पाल्पा - निस्दी गाउँपालिका पाल्पाका कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ देखिएपछि आगामी माघ २० देखि २३ गतेसम्मको लागि अत्यावश्यक स्वास्थ्य तथा पशु बाहेकका सबै सेवा स्थागन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभएको छ ।
यसभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गरी नियमित रूपमा सेवा प्रवाह गर्दै आएको थियो । यसैबीच गाउँपालिकामा कार्यरत केहि कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएको तथा अन्य कर्मचारीहरुमा समेत लक्षण देखा परेकोले थप संक्रमण फैलिन नदिन अत्यावश्यक स्वास्थ्य तथा पशु बाहेकका सबै सेवाहरु स्थागन गरिएको पालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८ २०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय