पाल्पा - पाल्पाको निस्दीमा मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । गत मंसिर २८ गतेदेखि शुरु गरेको नामावली संकलन कार्य बिहीबार सम्पन्न भएको हो । नामावली संकलन कार्य अवधिमा निस्दीका १ हजार ३ सय ६० जनाले नाम दर्ता गराएका छन ।
वडा नम्बर १ बाकामलाङबाट पुरुष १११ जना र महिला ८६ जना गरी १९७ जनाले नाम दर्ता गराएका छन । सहलकोटबाट पुरुष ७८ र महिला ६८ गरी १४६ जना र झिरुबासबाट पुरुष १०८ र महिला १०२ गरी २१० जनाले नाम दर्ता गराएका छन । त्यसैगरी मित्यालबाट पुरुष ११३ र महिला १२९ गरी २४२ जना , गल्धाबाट पुरुष ९४ र महिला ८६ गरी १८० जनाले नाम दर्ता गरेका छन ।
अर्चलेबाट पुरुष ५४ र महिला ६० गरी ११४ जना र वडा नम्बर ७ ज्यामिरेबाट पुरुष १३३ र महिला १३८ गरी २७१ जनाले नाम दर्ता गराएका छन । यसरी निस्दीबाट पुरुष ६९१ जना र महिला ६६९ जना गरी कुल १ हजार ३ सय ६० जनाले नाम दर्ता गरेको टोली प्रमुख तथा ७ नम्बर वडा कार्यालय ज्यामिरेका वडा सचिव नारायण तिमिल्सिनाले बताउनुभएको छ।
साथै अन्य पालिकाका ३ जना पुरुषले पनि नाम दर्ता गराएको तिमिल्सिनाले बताउनुभएको छ। निस्दी गाउँपालिकाको कार्यालय मित्यालमा चालेको नामावली कार्य सम्पन्न गर्नको लागि जनप्रतिनिधि , प्रहरी तथा कर्मचारीको राम्रो सहयोग रहेको थियो । निस्दीमा छुटेकाहरुको नामावली संकलन कार्य इलाका प्रशासन कार्यलय रामपरबाट हुने निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८ २०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय