Erani Mahal
निस्दीका विद्यालयमा विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने
nisdii
होम राई मगर,पाल्पा - निस्दी गाउँपालिका पाल्पामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालाई कोभिड-१९ विरुद्धको खोप (मोडर्ना) लगाउने भएका छन् ।   वि.सं. २०६१ मंसिर देखि २०६६ मंसिर सम्म जन्म भएका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुका लागि खोप लगाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल द्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । आगामी ११ र १२ गते २ दिन सन्चालन हुने खोपमा २ हजार ५१ जना विद्यार्थीले उक्त खोप लगाउने स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । खोपको पहिलो दिन राधाकृष्ण माध्यमिक विद्यालय बाकामलाङ,बालहित माध्यमिक विद्यालय सहलकोट,लक्ष्मी माध्यमिक विद्यालय झिरुबासलाई केन्द्र तोकिएको छ यसैगरी जलदेवी माध्यमिक विद्यालय ,गौरीशंकर माध्यमिक विद्यालय मित्याल,सरस्वती माध्यमिक विद्यालय गल्धा,गोरखनाथ माध्यमिक विद्यालय अर्चले,सरस्वती माध्यमिक विद्यालय र प्रगति आधारभूत विद्यालय ज्यामिरेमा सोही दिन सन्चालन गरिनेछ भने दोस्रो दिन १२ गते अंशुवर्मा माध्यमिक विद्यालय सहलकोट,जनक माध्यमिक विद्यालय झिरुबास,गौरीशंकर माध्यमिक विद्यालय मित्याल र जनप्रिय माध्यमिक विद्यालय ज्यामिरेमा सन्चालन हुने छन् । साथै खोप सेवा लिन आउँदा जन्म खुल्ने कागज पत्र जन्मदर्ता लिइ उपस्थित हुन गाउँपालिकाले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update