Erani Mahal
पाल्पाकाे काेलडाँडामा झाडापखालाबाट १ सय बढी बिरामी
303456_362892827107999_45930997_n

रानीमहल पाल्पा, २ जेठ । जिल्लाको तिनाउ गाउँपालिका–४, बौरेडाँडाका एक सय भन्दा बढी झाडापखालाले बिरामी परेका छन् ।

बुधबार दिउँशो बौरे गाउँका स्थानीय बासिन्दा सिमबहादुर ठाडाको घरमा चोखिने घरमा प्रसाद खान गएका गाउँका आफन्त र छिमेकी अधिकांशलाई झाडापखाला लागेको हो । ठाडाको घरमा प्रसाद खाएर फर्किएपछि केहीलाई वाकवाकीसहित झाडा लागेको वडा अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो ।


अहिले सामान्य उपचारपछि ८३ जना घरमा फर्किएका छन् । ११ जना लुम्विनी मेडिकल कलेज प्रभास र गाउँमा स्लाइन पानी चढाएर ९ जना बिरामीको उपचार भईरहेको छ । झाडावान्ताबाट बिरामी परेका अधिकांश खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारमा रहेका ११ जनाकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयाे ।

खाना दुषित भएका कारण झाडापखाला लागेकाे प्रारम्भिक अनुमान लगाएपनि पु्ष्टि हुन बाँकी रहेकाे ज्ञवालीले बताउनुभयाे । उहाँले उम्कनेमा खाना खाएका सबैजसाे बिरामी परेकाे बताउनुभयाे ।

बिरामीको उपचारका लागि अहिले पनि सवारीसहित चिकित्सकको टोली गाउँमा खटिएको छ । बिहीबार दिउँशो पनि गाउँमा जनचेतना र उपचारका चिकित्सक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रहरी खटिएको वडा अध्यक्ष गाहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update