Erani Mahal
निस्दीमा बालबिवाह न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
fdd
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा बालविवाह न्यूनीकरणका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा इन्द्रेणी समाज केन्द्र नेपालको समन्वयमा कार्यक्रम भएको हो। गाउँपालिका सभाहलमा भएको कार्यक्रममा निस्दीका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा सरोकारवालाको सहभागिता रहेको थियो । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत बालविवाह, यसको अवस्था, प्रभाव र न्यूनीकरणका लागि सरोकारवालाको कस्तो भुमिका रहन्छ भन्ने उद्देश्यले कार्यक्रम भएको हो। कार्यक्रममा बाल अधिकारका क्षेत्र, सुदृढ बाल संरक्षण प्रणाली जस्ता विषयमा छलफल भएको छ। साथै बालविवाह सम्बन्धमा नेपालको राष्ट्रिय कानुन तथा नीतिगत व्यवस्थाहरुको विषयमा चर्चा भएको हो। अन्तरक्रियामा बालविवाह सम्बन्धि नेपालको अवस्था, कारण र असरहरु तथा बालविवाह अन्त्यका लागि सरोकारवालाको भुमिका जस्ता विषयमा छलफल भएको छ। अन्तरक्रियाको समिक्षा गर्नुहुँदै सहलकोटका वडा सचिव विमला आचार्यले निस्दीमा बालविवाहको घटना व्यापक रूपमा रहेको र यसको अन्त्यका लागि पञ्जिधिकारीहरुको संधै सहयोग रहने प्रतिबद्धता गर्नुभएकि छिन। महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा संयोजक सुजाता पन्थीले यसको लागि पालिकामा प्रशस्त मात्रामा बजेट विनियोजन भएको बताउनुभएकी छिन । साथै पन्थीले महिला बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रको कार्यक्रम कार्यान्वयनका लागि पालिकाको छुट्टै नीति तथा व्यवस्था नरहेकोले काम गर्न समस्या भएको समेत बताउनुभएकी छिन। गाउँपालिका प्रवक्ता तथा ६ नम्बर वडा कार्यालय अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले निस्दीमा बालविवाह न्यूनीकरणका लागि जनप्रतिनिधिको उच्च भुमिका रहने प्रतिबद्धता गर्नुभएको छ। साथै प्रवक्ता सुनारीले निस्दीमा बालविवाह न्यूनीकरणका लागि जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकाय बीच समन्वयको आवश्यकता रहेको बताउनुभएको छ। इन्द्रेणी समाज केन्द्र नेपालका अध्यक्ष राम बहादुर पाटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम व्यवस्थापक रुद्र मश्राङ्गीले गर्नुभएको हो।
प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update