Erani Mahal
निस्दी अर्चलेका उपभोक्ताहरुका लागि तालिम सम्पन्न
248901330_209107094624841_5824647237473427931_n
पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाका उपभोक्ताहरुका योजना सन्चालन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको मुख्य पहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सारुले योजना तथा कार्यक्रमलाई समयमै सम्झौता गरि प्रविधिक स्टेमेट अनुसार तोकिएको समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल,लेखा अधिकृत सरोज काफ्ले,योजना अधिकृत अर्जुन खनाल लगायतकाले बोल्नुभएको थियो । विभिन्न उपभोक्ता समितिका अध्यक्ष र सचिवहरुको सहभागिता रहेको तालिममा ५५ जनाको उपस्थिति रहेको थियो । यस आर्थिक वर्ष २०७८/७९ मा अर्चलेमा ३५ वटा योजना तथा कार्यक्रमको लागि १ करोड ६६ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको वडाध्यक्ष सुनारीले जानकारी गराउनु भयो । अर्चले स्वास्थ्य चौकीको सभा हलमा सन्चालन भएको तालिमको सहजीकरण लेखा अधिकृत काफ्ले,योजना अधिकृत खनाल र इन्जिनियर सन्जय खनालले गर्नुभएको थियो । निस्दी गाउँपालिकाको आयोजनामा सन्चालन भएको तालिमको सन्चालन वडा सचिव सावित्रा गैरेले गर्नुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update