बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । गयराती कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय रुद्रपुरले दिएको जानकारी अनुसार विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको छ ।
विद्यालयमा रहेका चौकिदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हालको बजार मूल्य अनुसार १ लाख ३० हजार पर्ने २ वटा क्यामेरा चोरि भएपछि अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय