पाल्पा- निस्दी गाउँपालिका पाल्पामा शिक्षकहरुका लागि पाठ्यक्रम प्रवोधिकरण तालिम सम्पन्न भएको छ । निस्दी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सन्चालन भएको तालिममा विभिन्न विद्यालयका ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा आधारभूत तह कक्षा १ देखि ५ सम्मको परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो ।
शिक्षण सिकाइ क्रियाकलापलाई सिकाइ उपलब्धिमूलक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । तालिमक सहजीकरण संयोजक थापा र गौरीशंकार माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले गर्नुभएको हो ।
भदौ २० गते देखि सन्चालन भएको तालिम गौरीशंकर माध्यमिक विद्यालयको सभा हलमा भएकको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८ १५:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय