पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,सिमलडाँडा,पाल्पामा कृषि तथा पशु उद्यमशीलता बिकास हेफर आधारशिला तालिम सम्पन्न भएको छ । मिलीजुली स्ववलम्वन समूहका अध्यक्ष पुनम सोमैको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको प्रमुख अतिथि जनबिकास परिचालन केन्द्रका कार्यक्रम निर्देशक देवीलाल लामीछाने रहनुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामीछानेले महिलाहरुको नेतृत्व बिकासमा वृद्धि गर्न यस्ता कार्यक्रमहरु आवश्यक रहेको बताउदै तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा मित्याल सामुदायिक बिकास कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापनले हेम बहादुर खाम्चा,केशु सोमै लगायतकाले बोल्नुभएको थियो । भदौ ६ गते देखि ९ गते सम्म चलेको तालिम निस्दी गाउँपालिकाको आर्थिक सहयोग र जनबिकास तथा परिचालन केन्द्रको आयोजनामा सन्चालन भएको हो ।
जम्मा २५ जनाको सहभागिता रहेको तालिमक सहजीकरण गणेश दर्लामी र दिनेश सुनारीले सहजीकरण गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८ १९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय