पाल्पा - निस्दी गाउँपालिका पाल्पामा स्वास्थ्य संस्था स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । सामाजिक बिकास समितिका संयोजक मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो ।
कार्यक्रममा बोल्दै मुख्य पाहुना सारुले स्वास्थ्य शरीर सबैको आवश्यकता रहेको भन्दै सम्बन्धित कार्यालयले त्यस सम्बन्धि कार्ययोजना बनाई कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी स्थानीय जनशक्तिको सदुपयोग गरि प्रत्येक घर-घरमा पुगेर स्वास्थ्य सेवा दिनुपर्ने र त्यसको जानकारी गाउँपालिकालाई दिन सुझाव समेत दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपाने लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा सामाजिक बिकास समितिका सदस्यहरु, वडाध्यक्षहरु लगायत विभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा निस्दीका सातै वडामा रहेको स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधिहरुले संस्थाले गरेका प्रगतिहरु बारे जानकारी गराइएको थियो । निस्दी गाउँपालिका मित्यालको सभा हलमा सन्चालन भएको कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।
स्वास्थ्य शाखाका सहसंयोजक अर्जुन रानाको स्वागत बाट शुरुभएको कार्यक्रमको सन्चालन स्वास्थ्य प्रमुख रेम बहादुर दिशाले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८ ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय