Erani Mahal
निस्दीको अर्चलेमा स्तनपान सप्ताह सम्पन्न
dd (2)
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा २९ औं स्तनपान सप्ताह मनाएको छ । अर्चले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २६ जना हजार दिनका आमाहरुको सहभागिता रहेको थियो । अर्चले स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकीका अहेव विद्यानन्द रायले गर्नुभएको हो । हामी सबैको जिम्मेवारी,स्तनपान संरक्षण हुन्छ प्रभावकारी भन्ने नाराका साथ सन्चालन भएको कार्यक्रममा हजार दिनका आमा कसलाई र किन भन्ने,बच्चा र आमाको स्वास्थ्य बारे जानकारी गराइएको थियो । कार्यक्रम अर्चले स्वास्थ्य प्रमुख मीन बहादुर राना,वडा सदस्य चिनमाया नेपाली लगायतकाले आ-आफ्नो धारणा राख्नुभएको थियो । स्वास्थ्यकर्मी तुल्सी गुरुङको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सन्चालन तिला रानाले गर्नुभएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update