रानीमहल पाल्पा, २४ वैशाख । तिनाउँ गाउँपालिकाको महिला समन्वय समितिको आयोजनामा ५ दिने उद्दघोषण तालिम आइतवार तिनाउँमा सकिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा संचालन भएको तालिममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्ष राजेश श्रेष्ठले तालिमले महिलामा बोल्न सक्ने वातावारण बनाएको बताउनुभयो ।
तालिममा विष्णु घिमिरे र सामाजिक स्रोत विकास केन्द्रका प्रमुख चोपलाल गिरीले सहजिकरण गर्नुभएको थियो ।
तालिममा औपचारिक कार्यक्रम चलाउने तरिका, स्वागत, धन्यवाद्, मन्तव्य, माइन्यूट लेखन, उद्दघोषण कला लगायतका विषयमा उहाँहरुले सहजिकरण गर्नुभएको थियो ।
२४ जना महिलाहरुको सहभागिता रहको तालिम महिला समन्वय समिति तिनाउँका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा तालिम चलेको थियो । तालिमका सहभागिलाई प्रमुख अतिथि अध्यक्ष घर्तीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।