Erani Mahal
निस्दी गाउँपालिकामा  कोरोना संक्रमितको सङ्ख्या बढ्दै
nisdii
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको सङ्ख्या २ सय ४१ जना पुगेको छ । मंगलबार गल्धामा गरेको एन्टिजेन परिक्षणमा थप २२ जनालाई पोजिटिभ देखिएसंगै निस्दीमा संक्रमितको सङ्ख्या २ सय ४१ जना पुगेको हो । कोरोना संक्रमित हुनेमा सबैभन्दा बढी ज्यामिरेमा ६४ जना , मित्यालमा ५६ जना , अर्चलेमा ४८ जना र गल्धामा ४५ जना रहेका छ्न । त्यसैगरी बाकामलाङमा २२ जना , सहलकोटमा ५ जना र झिरुबासमा १ जना रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । कुल संक्रमित २ सय ४१ जनामध्ये ८७ जना निको भैसकेको र सक्रिय संक्रमितको सङ्ख्या १ सय ५४ जना रहेको स्वास्थ्यकर्मी अर्जुन रानाले बताउनुभयो । संक्रमितहरु सबैको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा बसेका छ्न । निस्दीमा कोरोना संक्रमितको सङ्ख्या बढेसंगै पालिकाबाट अत्यन्तै जरुरी बाहेकका सबै सेवा बन्द रहेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । पालिकाको केन्द्र मित्याल बजारमा कोरोनाको जोखिम बढेसंगै सिल गरेकोले सेवा दिन समस्या भएको अधिकृत अर्यालले बताउनुभयो । पछिल्लो समयमा निस्दीमा समुदाय स्तरमा कोरोना संक्रमितको सङ्ख्या दिनदिनै बढ्दै गएको देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update