पाल्पा – पाल्पामा बिहीबार थप ५० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका १२० जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढीका १, रामपुरका १, पूर्वखोलाका १, रैनादेवी छहराका २०, रम्भाका २, जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै बगनासकालीका १, तिनाउका १, रिब्दीकोटका २ र तानसेनका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
उहाँले हालसम्म पाल्पामा ३२५ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३०२ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
सक्रिय संक्रमित कहाँ कति ?
हालसम्म माथागढीमा २९,
रामपुरमा ३१,
पूर्वखोलामा ९,
रैनादेवी छहरामा ६९,
रम्भामा ७ जना सक्रिय संक्रमित छन् ।
यस्तै बगनासकालीमा १७,
तिनाउमा १२,
रिब्दीकोटमा १४,
निस्दीमा २
र तानसेनमा १३५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय