पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा शिघ्र स्वास्थ्य लाभको कामना सहित रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले वडा कमिटी अर्चलेका अध्यक्ष तोल बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका मुख्य पाहुना अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारी रहनुभएको हो ।
कार्यक्रममा बोल्दै सुनारीले अर्चलेका विभिन्न टोलका ३ जनालाई मिर्गौला,मुटु र क्यान्सर पीडित रहेको बताउदै उहाँहरुको उपचारमा थप राहत र सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सन्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा प्रत्येक टोल कमिटीमा संकलन भएको सहयोग रकम सम्बन्धित बिरामी र बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको थियो । जस अनुसार मुटु तथा मिर्गौला पीडित नारीभङ्ज्याङ्गका ३९ वर्षीय रिम कुमारी खन्गाहालाई ३२ हजार रुपैयाँ,चिदियाका दुबै मिर्गौला पीडित ४७ वर्षीय गणेश बहादुर बयम्बुलाई २५ हजार ६ सय रुपैयाँ र अर्चलेका ६४ वर्षीय फत्त बहादुर बयम्बुलाई २५ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै क्यान्सर रोग पीडित फत्त बहादुर बयम्बुले यस्तो दुःखद् र अप्ठ्यारो बेलामा पार्टीले सहयोग गरेकोमा खुशी भएको बताउदै सहयोग रकम संकलन कार्यमा संलग्न हुने प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा युवा संघ नेपाल पाल्पाका जिल्ला सदस्य प्रकाश राना,अखिल नेपाल किसान संघ पाल्पाका जिल्ला सदस्य एम बहादुर सार्की,वडा सदस्य कृष्ण बहादुर सोमै लगायतकाले सहयोग रकम संकलनका बारेमा बोल्नुभएको थियो ।
कमिटीका सदस्य पुष्पा सारुको स्वागत बाट शुरुभएको कार्यक्रमको सन्चालन लिमीसरा रानाले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८ १४:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय