पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा पूर्ण सरसफाइ वडा उन्मुख अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अर्चले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रममा जिल्ला वास अधिकृत राजेन्द्र बराल प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रमको उद्देश्य तथा सहजीकरण गर्दै बरालले व्यक्तिगत सरसफाइ,सुरक्षित पानीको पहुँच तथा प्रयोग लगायतका बारेमा जानकारी दिनुभएको थियो । निस्दी गाउँपालिका स्वास्थ्य संयोजक रेम बहादुर दिशाले वडा नम्बर-६,अर्चले,पाल्पाबाट शुरु गरिएको अभियानलाई सहयोग दिन अनुरोध गर्नुभएको थियो । उहाँले सन् २०३० सम्म सबै र सधैको लागि पूर्ण सरसफाइको अवस्था हासिल गर्ने लक्ष्य बमोजिम निस्दीका अन्य वडाहरुमा समेत क्रमशः सन्चालन गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य आमा समूहका अध्यक्षहरुको सहभागिता रहेको थियो । अर्चले स्वास्थ्य चौकीको सभा हलमा सन्चालन भएको कार्यक्रम निस्दी गाउँपालिकाको आयोजनामा सन्चालन भएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७ १८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय