पाल्पा - निस्दी सव डिभिजन वन कार्यालयको आयोजनामा वन अपराध सम्बन्धि अन्तरक्रिया कार्यक्रम मित्यालमा सम्पन्न भएको छ।
सामुदायिक बन महासंघ निस्दीका सचिव सन्तविर सुनारीको अध्यक्षतामा भएको अन्तरक्रियामा सामुदायिक बनभित्र हुन सक्ने चोरीनिकासी तथा कटानी नियन्त्रणको विषयमा छलफल भएको थियो ।
अन्तरक्रियामा बोल्नुहुँदै रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले सामुदायिक बनमा चोरी निकासी घटना नियन्त्रणमा प्रहरीको सधैं सहयोग रहने बताउनुभयो।
विभिन्न सामुदायिक बन उपभोक्त समितिका पदाधिकारी र सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण निस्दी सव डिभिजन बन कार्यालय मित्यालका प्रमुख नन्द अधिकारीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७ २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय