पाल्पा - वि.स. २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा क्षतिग्रस्त नीजि आवासमध्ये ७३ प्रतिशत पुनर्निर्माणको कार्य सम्पन्न भएको छ ।
निस्दी गाउँपालिका सव–ईञ्जिनियर नारायण भट्टराईका अनुसार पालिकाभरी भूकम्प लाभग्राहीको संख्या ७ सय ७४ रहेको छ । जसमध्ये सम्झौता भएको लाभग्राहीको संख्या ७ सय ९ रहेको छ । प्रथम किस्ता प्राप्त गर्ने लाभग्राही ७ सय ७ अर्थात ९९.५७ प्रतिशत रहेको छ । सव–ईञ्जिनियर भट्टराईका अनुसार दोस्रो किस्ता ५ सय ७४ अर्थात ८१ प्रतिशतले लिएका छन् भने पुनर्निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरी अन्तिम वा तेस्रो किस्ता लिने लाभग्राही ५ सय १५ अर्थात ७३ प्रतिशत रहेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाका एम आइ एस अधिकृत ईञ्जिनियर माधव बञ्जाडेका अनुसार १ हजार २ सय ७८ वटा पुनर्निर्माणका लागि प्रणालीमा राखिएको छ ।
जिल्ला सव–ईञ्जिनियर शुरेसराज गिरीले मापदण्ड विपरीत १४ वटा घरहरूलाई मापदण्ड अनुसार सुधार गरी अन्तिम किस्ताका लागि सिफारिस गरेको बताउनुभयो ।
[caption id="attachment_15805" align="alignnone" width="768"] -तस्वीर : गुगल[/caption]
जिल्ला आयोजना कार्यान्वयन इकाई भवन पाल्पाका निमित्त आयोजना प्रमुख इन्जिनियर टीका थापाले पाल्पा जिल्लामा नै भूकम्पले सबैभन्दा बढी क्षति निस्दी गाउँपालिकामा पु¥याएको र सेवाग्राहीको संख्या पनि बढी रहेको छ भन्दै नीजि आवास पुनर्निर्माणको कार्य प्रगति हेर्दा पनि निस्दी गाउँपालिका नै अग्रस्थानमा रहेकोे बताउनुभयो ।
निमित्त आयोजना प्रमुख इन्जिनियर थापाले पुनर्निर्माणका बाँकी कार्य यही आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने भएकोले निर्माण कार्य सुचारू र सम्पन्न गर्न बाँकी लाभग्राअीले यथाशिघ्र कार्य गर्नुपर्नेमा जोड दिँदै सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका कार्यकर्ताहरुको साथ र सहयोगले यो प्रगति हासिल गर्न सफल भएको बताउँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई तथा जिल्ला आयोजना कार्यान्वयन इकाई भवन पाल्पाको आर्थिक अनुदान मा उक्त नीजि आवास पुनर्निर्माण भएको हो ।
भूकम्पका कारण घर भत्किएपछि गोठ टहरामा रात बिताउँदा जंगली जनावर, सर्प लगायत मङ्सिर, पौषको जाडोसङ्ग संघर्ष गरेको सम्झना ताजै रहेको र अब त्यस्तो संघर्ष गर्नु नपर्ने सेवाग्राहीहरुले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७ १९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय