निस्दी, पाल्पा - निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुल निर्माण हुने भएको छ ।
निर्माण हुन लागेको पक्की पुलको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका भौतिक बिकास तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमकाबिच शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हाल पाल्पामा सानो ठूलो गरि ११ वटा पुल निर्माणको चरणमा रहेको बताउँदै तोकिएको समयमा योजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले विकासका काम गर्न सरकार सदैब तयार रहेको र त्यसमा नागरिकको साथ र सहयोग आवश्यक रहनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद नारायण प्रसाद आचार्यले धेरै वर्षदेखि आवश्यकताको महशुस गरि उक्त ठाउँमा पुल निर्माणको योजना बल्ल यो समय पूरा गर्न सकेकोमा खुःशी व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी प्रदेश सांसद युवराज खनालले त्यस क्षेत्रका बिरामी र सुत्केरीलाई अस्पताल पुर्याउन समेत समस्या रहेको बताउँदै पुल निर्माण पश्चात् यो समस्या सधैका लागि हट्ने बताउनुभयो । कार्यक्रममा इन्जिनियर भिमार्जुन पाण्डेले मन्त्रालय र निर्माण कम्पनीबिच भएको सम्झौताबारे जानकारी दिनुहुँदै समयमै आयोजना सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
आयोजनाको २०७८ पौष २९ गते सम्पन्न गर्ने गरि जय नेपाल कम्पनी विवेक कुबेर निर्माण सेवा प्रा. लि.ले ४ करोड २८ लाखमा ठेक्का लिएको हो ।कार्यक्रममा आफ्नो धारणा राख्दै निर्माण व्यवसायी सुर्य प्रसाद श्रेष्ठले आफू बोल्न भन्दा काम गर्न पोख्त रहेको बताउँदै निर्धारित सम्झौता मिति भन्दा अगाडि काम सम्पन्न गर्ने बताउनुभयो ।
शिलान्यास कार्यक्रम जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनीको अध्यक्षता, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको स्वागत र निस्दी गाउँपालिका प्रवक्ता एवं वडा न ६ अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीको संचालनमा भएको थियो ।
प्रत्येक चुनाबमा सबै राजनीतिक दलको चुनाबी मुख्य एजेन्डा बनेको उक्त ठाउँमा पुल निर्माण हुने भएपछि स्थानीय उत्साहित बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७ ०८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय