पाल्पा – जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर –७, ज्यामिरेमा लैंङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान संचालन भएको छ ।
श्रृष्टी प्राथमिक विद्यालय हुवासको प्राङ्गणमा भएको कार्यक्रमको मुख्य पाहुना गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल रहनुभएको थियो । कार्यक्रममा बोल्दै अर्यालले पितृसत्तात्मक साँेचका कारण महिलाहरु अन्यायमा परेको बताउनुभयो । न्यायिक समितिका संयोजक समेत रहनुभएकी अर्यालले हालसम्म निस्दीमा महिला हिंसा सम्बन्धि घटनाहरु समितिमा उजुरी आएको बताउनुभयो ।
कार्यक्रममा हिंसात्मक गतिविधि हुन नदिन प्रहरीलाई समुदायको जहिलेपनि पूर्ण साथ र सहयोग रहनुपर्ने बताउँदै दबाबमा रहन नहुने प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा समुदायस्तरमा क्रियाशील समाजसेवी, महिला समूहका प्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । यो अभियान निस्दीको प्रत्येक वडामा संचालन भएको गाउँपालिकाले जनाएको छ ।
वडा नं. ७ का वडाध्यक्ष गगनसिं सोतीको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन वडा सचिव नारायण तिमिल्सिनाले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७ १९:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय