पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा लैंगिक हिंसा विरुद्द १६ दिने अभियान संचालन भएको छ। अर्चले स्वास्थ्य चौकीक्क सभा हलमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारी रहनुभएको हो ।
कार्यक्रममा बोल्दै सुनारीले बिगत देखि नै महिलाहरु घरेलु हिंसामा परेको बताउदै अहिले सम्म पनि उक्त समस्या हट्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा हिंसात्मक गतिविधि हुन नदिन प्रहरीलाई समुदायको जहिलेपनि पुर्ण साथ र सहयोग रहनुपर्ने कुरामा सबैले जोड दिनुभएको थियो ।
समुदाय स्तरमा क्रियाशील समाजसेवी, महिला समूहका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका रहेको कार्यक्रमको सहजीकरण प्रहरी चौकी जब्कादीका प्रमुख मेघराज बेलबासेले गर्नुभएको हो। यो अभियान निस्दीको प्रत्येक वडामा संचालन गरिने गाउँपालिकाले जनाएको छ ।
वडा सदस्य कृष्ण बहादुर सोमैको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिब साबित्रा गैरेले गर्नुभएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७ १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय