Erani Mahal
पाल्पाका स्थानीय तहले दुई महिनामा पनि लेटर प्याड र स्ट्याम्प परिवर्तन गर्न सकेनन् !
128747883_204576521153501_2344223186039735970_n
पाल्पा - पाल्पाका स्थानीय तहहरूले अहिलेसम्म पनि लेटर प्याड र स्ट्याम्प परिवर्तन गर्न सकेका छैनन् । विधिवत रूपमा लुम्विनी प्रदेशले मान्यता पाएकाे दुई महिना बितिसक्दा पनि यहाँका स्थानीय तहहरूले ५ नं. प्रदेश नै उल्लेख गरेर सूचना, सन्देश र चिठ्ठीपत्र जारी गर्ने गरेका छन् । जिल्लाको तानसेन नगरपालिकाले आफूले प्रयोग गर्दै आएको लेटर प्याडमा ५ नं. प्रदेश उल्लेख गरेको छ । कुनै सूचना, सन्देश जारी गर्दा प्रयोग गर्ने गरेको त्यही लेटर प्याडमा स्ट्याम्प पनि ५ नं. प्रदेश उल्लेख प्रयोग हुँदै आएको छ । पाल्पाका कर्मचारी संयन्त्र र राजनीतिक संयन्त्रले अहिले पनि ५ नं. प्रदेश उल्लेख लेटरप्याड र स्ट्याम्प प्रयोग गरिरहेका छन् । प्रदेश र राजधानीका बारेमा प्रदेशको ऐनमा उल्लेख भएर आएपनि यहाँका स्थानीय सरकारले भने पुरानै ५ नं. प्रदेश लेखिएको लेटर प्याड र स्ट्याम्प प्रयोग गरिरहेको पाइएको हाे । नगरपालिका/गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको पत्र, सूचना वा सन्देश तथा अन्य पत्रहरूमा समेत प्रदेशको नाम पुरानै हुनुले यहाँका स्थानीय तहको भद्रगोललाई चरितार्थ गरेको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आफूले प्रयोग गर्ने लेटर प्याडमा लुम्बिनी प्रदेश उल्लेख गरेको छ । तर, लेटर प्याडमा ५ नं. प्रदेश लेखेको स्ट्याम्प प्रयोग हुँदै आएको छ । रामपुर नगरपालिकाले भने केही दिन अघिदेखि लुम्बिनी प्रदेश उल्लेख नयाँ स्ट्याम्प प्रयोग गर्न थालेको छ । १० स्थानीय तह रहेको पाल्पामा अन्य सबै स्थानीय तहमा उही अवस्था देखिन्छ । रिब्दीकोट, बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी, माथागढी, तिनाउ गाउँपालिकाले पुरानै स्ट्याम्प प्रयोग गर्दै आएका हुन् । कतिपय स्थानीय तहको बेवसाइटमा समेत प्रदेश नंं. ५ नै उल्लेख छ । माथागढी, पूर्वखोला गाउँपालिकाको वेबसाइट खोलेर हेर्दा माथिपट्टी प्रदेश नम्बर ५ नै उल्लेख छ । स्थानीय तहहरु दुई/तीन सय रुपैयाँमा बन्ने नयाँ स्ट्याम्प बनाएर प्रयोग नगर्नु लज्जास्पद रहेको सरोकारवालाहरू बताउँछन् । केही सेवाग्राहीले सामाजिक संजालमै लेखेर गाउँपालिका र नगरपालिकाको यस्तो कार्यप्रति व्यङ्ग्य नै गरेका छन् । सराेकारवालाले दक्ष जनशक्ति नभएर हाे की वेवास्ता गरेर हाे वा अहमताले हाे ? प्रदेशकाे नाम परिवर्तन गर्न नसकेकाे प्रश्न गर्न थालेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update