Erani Mahal
निस्दीमा लक्ष्मी पूजासँगै विद्युत बल्याे
bidut
पाल्पा । निस्दी गाउँपालिकाको केन्द्र मित्यालमा आज राष्ट्रिय प्रसारण लाइनको विद्युत बलेको छ । कोभिड १९ कोरोना महामारीको बीच पनि प्राविधिकहरुको निरन्तर प्रयासले मित्यालको रुक्सेभन्ज्याङमा बिजुली बल्न सफल भएको लालीगुँरास सामुदायिक विधुतिकरण उपभोक्त समिति निस्दीका अध्यक्ष दुर्गा बहादुर सोमइले बताउनुभयो । निस्दी बासीले बिजुलीको लागि करिब १२ वर्ष अगाडि पैसा बुझाए पनि अझैसम्म सबै गाउँमा बत्ती पुर्याउन नसकेको निस्दीका र यसै वर्ष भित्र बत्ती बल्ने योजना रहेको अध्यक्ष सोमइले बताउनुभयो । हाल यस क्षेत्रमा ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट बिधुत बिस्तार हुँदै आएको र छिट्टै नै ३३ केभीको सामुदायिक विधुतिकरणबाट लाइन प्रसारण गर्न सबै निकायसँग समन्वय गर्ने काम भइरहेको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । धेरै वर्षपछि बिजुली बाल्न पाएकोमा स्थानीयहरु हौसिएको समाजसेवी सन्तविर सुनारीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update