Erani Mahal
निस्दीको अर्चलेमा जापानीज नागरिकद्वारा राहत वितरण
124443966_1496264487236785_7042672286769353788_n
पाल्पा-निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा जापानीज नागरिक काजुमासा काकिमीद्वारा राहत वितरण गरिएको छ ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दैनिक उपभोग्य सामान जुटाउन समस्या भएका ८० घरपरिवारलाई राहत वितरण गरिएको हो । पाल्पालीहरुको माझ ओके बाजे भनेर चिनिने समाजसेवी काकिमीले राहत स्वरुप प्रति घर ५० किलो चामल,नून,तेल,साबुन र चाउचाउ उपलब्ध गराएका हुन् । राहत वितरण गर्दै काकिमीले जापानी समाजसेवीहरुको सहयोगले यस्ता कार्यक्रम गर्न हौसला मिलेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे । यसैबीच राहत प्राप्त गर्ने घरपरिवारले सार्वजनिक स्थल बाटो,पानी पँधेरो,विद्यालयमा दुई दिन श्रमदान समेत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update