पाल्पा- निस्दी गाउँपालिकाका २ सय घर परिवारले सुधारिएको चुलो पाएका छन । नेपाल सरकार उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अनुदानमा निस्दीका २ सय गरिब तथा विपन्न परिवारलाई चुलो वितरण गरेको हो ।
निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालका ९० घर र वडा नम्बर ६ अर्चलेका १ सय १० घर परिवारलाई निशुल्का चुलो वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा ६ नम्बर वडा अर्चलेका अध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो ।
अर्चलेमा दशैं अघिनै चुलो वितरण गरिसकेको र मित्यालमा बिहीबार गरेको वडा अध्यक्ष न्यो बहादुर सुनारीले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७ १५:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय