Erani Mahal
निस्दीमा १०  जना समुदाय स्तरमा काेराेना पुष्टि
1585316796corona-test-lab
पाल्पा - निस्दी गाउँपालिकामा १० जनालाई कोरोना पोजिटिभ देखिएको छ । पाल्पा अस्पताल कोभिड - १९ परिक्षण प्रयोगशाला तानसेनमा गरेको परिक्षणमा १० जनाको पिसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । गएको बिहीबार गाउँपालिकामा कार्यरत कर्मचारी , जनप्रतिनिधि र समुदाय स्तरका व्यक्ति गरि ५० जनाको पिसीआर स्वाव संकलन गरि पठाएकोमा ८ जना पुरुष र २ जना महिला गरि १० जनाको पोजिटिभ र ४० जनाको रिपोर्ट नेगेटिभ आएको निस्दी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरु सबै समुदाय स्तरकाे रहेकाे स‌याेजक दिशाले रानीमहललाइ बताउनुभयो । १ जना जनप्रतिनिधि, एक जना स्थानीय राजनीतिक दलका नेता र अन्य कर्मचारीहरु रहेकाे उहाँले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update