Erani Mahal
पाल्पामा हालसम्म समुदाय स्तरका १७१ जनामा काेराेना संक्रमण (तथ्यांक सहित)
coronavirus_1580713677_otmjfGzE7X
पाल्पा – पाल्पामा हालसम्म समुदायका १७१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको निस्दी गाउँपालिकामा बाहेक अन्य सबै गाउँपालिकाभित्र बसाेबास गर्ने समुदाय स्तरका मानिसमा समेत कोरोना संक्रमण देखिएको हो ।   स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाको दश स्थानीय तहमध्ये निस्दीमा हालसम्म पनि समुदायका व्यक्तिमा कोरोना देखिएको छैन । जिल्लाका अन्य गाउँपालिका/नगरपालिकाभित्र  बसोबास गरेका समुदायका व्यक्तिमा कोरोना देखिएको हो । विदेशबाट आएका व्यक्तिसँग असुरक्षित रूपमा सम्पर्क सम्बन्ध रहेका, रूपन्देही लगायतका जिल्लाबाट आएका व्यक्ति खुलेआम घुमेका कारण र जिल्लाकै कतिपय मानिस समेत असुरक्षित रूपमा हिडडुल गरेका कारण समुदायमा काेराेना संक्रमण बढ्दाे छ । समुदायको संक्रमण कहाँ कति ? माथागढी गाउँपालिकामा ५ जना, रामपुर नगरपालिकामा १४ जना, पूर्वखोला गाउँपालिकामा १ जना, रैनादेवी छहरा गाउँपालिकामा १३ जना, रम्भा गाउँपालिकामा २२ जना, बगनासकाली गाउँपालिकामा ९ जना, तिनाउ गाउँपालिकामा १६ जना, रिब्दीकोट गाउँपालिकामा १८ जना, निस्दी गाउँपालिकामा ० जना, तानसेन नगरपालिकामा ४५ जना, र पाल्पाका अस्पताल तथा अन्य जिल्ला २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पामा लुम्विनी मेडिकल कलेज, प्रभास र युनाइटेड मिसन अस्पताल तानसेनका चिकित्सक तथा नर्स, बगनासकालीका स्वास्थ्य कर्मीमा समेत कोरोना संक्रमण देखिएको छ । पाल्पामा हालसम्म २० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । गत २०७७ साउन २९ गते पहिलो पटक समुदायमै बस्दै आएकी तानसेनकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै सरदरमा दैनिक तीन जनाभन्दा बढी समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update