Erani Mahal
आगामी वर्षको लागि निस्दीले ५६ करोड २३ लाखको बजेट पारित
NISDI
पाल्पा- निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५६ करोड २३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा शनिबार बसेको गाउँ सभाले बजेट सार्वजनिक गरेको हो । निस्दीले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि चालु , पुँजीगत , सामाजिक सुरक्षा भत्ता सशर्त अनुदान गरि कुल ५६ करोड २३ लाख ४६ हजार १ सय ४० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो। उपाध्यक्ष रिता कुमारी अर्यालले पेस गर्नुभएको बजेटलाई गाउँ सभाले परित गरेको छ। निस्दीले नीति तथा कार्यक्रम अनुसार कृषि , पशुपालन र रोजगारीमा जोड दिदै बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । गाउँ सभाले कृषि तर्फ २ करोड ४७ लाख , पशु तर्फ १ करोड १८ लाख , उद्योग तथा वाणिज्य तर्फ ६ लाख , पर्यटन तर्फ २० लाख , सहकारी तर्फ ५ लाख त्यसैगरी शिक्षा तर्फ १ करोड ८५ लाख , स्वास्थ्य तर्फ १ करोड ६७ लाख , खानेपानी तथा सरसफाइ तर्फ १ करोड ५० लाख , खेलकुद तथा मनोरञ्जन तर्फ २५ लाख बजेट विनियोजन गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ५७ लाख , स्थानीय सडक पुल तथा झोलुङ्गे पुल तर्फ ३ करोड २ लाख , सिंचाइ तर्फ ६ लाख १५ हजार , भवन तथा शहरी विकास तर्फ २ करोड ६४ लाख , उर्जा तथा साना जलविद्युत तर्फ १ करोड ३५ लाख , संचार तर्फ ४ लाख ४० हजार , वातावरण तथा विपत व्यवस्थापन तर्फ १० लाख , संस्थागत विकास , सेवा प्रवाह र सुशासन तर्फ ३५ लाख बराबरको बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update