Erani Mahal
निस्दी गाउँपालिका मित्यालकाे टाेल संस्थाद्वारा स्वास्थ्य सामग्री वितरण
106279687_278939960011827_6650484499682478000_n
पाल्पा- निस्दी गाउँपालिकाको एक टोलले स्वास्थ्य सामग्री वितरण गरेको छ। हाल विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरस जोखिम न्यूनीकरणको लागि निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालको टोलले उदाहरणीय कार्य गरेको छ । यहाँका समुदायले आफ्नै कोषबाट मित्यालको खोपलाक , भोर्मा र घ्याङसिबासका ९० घरलाई प्रतिघर १ वटा सेनिटाइजर र ४ सय ५० जनालाई मास्क वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रण समितिका संयोजक मोम बहादुर सोमैको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सामग्री वितरण गर्नुहुँदै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीय सरकारले गर्न नसकेको काम गाउँले आफै गरेर एउटा उदाहरणीय कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। यहाँका टोलले कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि टोल स्तरीय समिति गठन गरेर विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको स्थानीय समाजसेवी हेम बहादुर खाम्चाले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update