पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर६,अर्चले,पाल्पामा सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा संचालन चलेको कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको उत्तिकै जिम्मेवारी हुने बताउदै विद्यार्थी संख्या र दुरीको आधारमा समायोजन गर्ने थालनी गर्न थालेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष मेख बहादुर सुनारीले सेवाक्षेत्र भित्रका बालबालिकाहरुलाई आफ्नै विद्यालयमा अध्ययन गर्ने वातावरण सिर्जना गर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा वडामा रहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक,शिक्षक प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
जम्मा ४ वटा सार्वजनिक विद्यालय रहेको अर्चलेको कमला प्रावि रनगुवामा ३२ जना,अकला आधारभूत विद्यालय राइडाँडामा ९० जना,सिन्दुर आधारभूत विद्यालय सिसिङ्गामा १५५ जना र गोरखनाथ माध्यमिक विद्यालय अर्चलेमा ३७१ जना गरि कुल ६४८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत प्रमोद यादव र सन्चालन शिक्षा संयोजक नर बहादुर थापाले गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७ २२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय