पाल्पा - सिलुवा-अर्चले सडक खण्ड अन्तर्गत मोटरबाटो मर्मत सुधार गर्ने क्रममा एक स्क्याभेटरलाई पहिरोले पुरेको छ । पूर्वखोला गाउँपालिका वडा नम्बर-१,सिलुवा बजार देखि निस्दी गाउँपालिका जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा तालखोला नजिक माथिबाट आएको पहिरोले मेसिन पुरेको हो ।
प्रदेश नम्बर-५ प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मत कार्य भइरहेको र माथि बाट आएको सुक्ख पहिरो आएर पुरेको जब्कादी प्रहरी चौकी प्रमुख मेघराज बेलबासेले जानकारी गराउनु भएको छ ।
पहिरोले पुरेको स्क्याभेटरमा करिब १ पछि जब्कादी प्रहरी चौकीको टोली र स्थानीय जनताको सहयोगमा चालक हेम बहादुर कार्कीलाई सकुशल उद्धार गरिएको चौकी प्रमुख बेलबासेले बताउनुभएको छ ।
बाटोमा रहेको माटोलाई सफा गर्दै थिए माथिबाट ठूलो सुख्खा पहिरो आयो पछाडी आउदै गर्दा त्यहीँ पुरिन पुगेछु थाहा भएन चितवन स्थायी घर बताउने चालक कार्कीले बताउनुभयो । अमृत कन्ट्रकसन तानसेनको बा २ क ७७७१ स्क्याभेटरलाई यो समाचार तयार पर्दा सम्म प्रहारी, स्थानीय जनता र जेसेबीले थप उद्धार गरि रहेको छ । क्षतिकाे विवरण अाउन बाँकी रहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय