पाल्पा- निस्दी गाउँपालिकामा सोमबारसम्ममा २ सय १५ जना नागरिक भारतबाट भित्रिएका छन । सोमबार थप ४५ जनालाई उद्दार गरेर पालिकाले तयार परेको क्वारेन्टाइनमा राखेको छ।
सुनौली नाकाबाट नेपाल भित्रिएका उनीहरूलाई १ दिन तानसेन स्थित होल्डिङ क्वारेन्टाइनमा राखेर पालिकाले निस्दीमा ल्याएको हो। जसमध्ये २३ जनालाई मित्याल आधारभूत विद्यालय मित्यालको क्वारेन्टाइनमा र २२ जनालाई जनप्रिय माद्यामिक विद्यालय ज्यामिरेको क्वारेन्टाइनमा राखेको निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।
यसअघि निस्दीले भारतबाटै आएका १ सय ७० जनालाई उद्दार गरेर क्वारेन्टाइनमा राखिसकेको छ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय