Search
बिहि, असार २६, २०८२

तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम कृषि, पर्यटन, पूर्वाधारलाई प्राथमिकता

पाल्पाको तिनाउ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  कृषि, पर्यटन, पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।

सभामा प्रस्तुत नीति कार्यक्रममा ‘कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनः समृद्ध तिनाउको मूल आधार’ भन्ने नाराका साथ गाउँपालिकाले समावेशी, आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।

 

 

बैठकमा अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षको प्रगति समीक्षा गर्दै गाउँपालिकाले हालसम्म सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, खेलमैदान, पोखरी निर्माणजस्ता ५० भन्दा बढी भौतिक पूर्वाधार विकासका योजनाको सफल कार्यान्वयन गरेको जानकारी गराउनुभयो ।

 

शिक्षा क्षेत्रमा विद्यालय स्तरोन्नति, आवासीय छात्रावास, एसईई तयारीका लागि खाजा कार्यक्रम, नमुना विद्यालय घोषणा, बालमैत्री शिक्षा र स्कुल बसको व्यवस्था गरिन नीति तथा कार्यक्रममा भनिएको छ । स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचको लागि पोषण, बालस्वास्थ्य, मातृस्वास्थ्य, खोप कार्यक्रम, हरेक टोलमा स्वास्थ्य परीक्षण तथा आयुर्वेद सेवाको विस्तार गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । उहाँले खानेपानी तथा सरसफाइका क्षेत्रमा ’एक घर एक धारा’ कार्यक्रम, लिफ्टिङ्ग खानेपानी योजनाको सञ्चालन, सरसफाई तथा शौचालय निर्माण अभियानलाई निरन्तरता दिइने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

 

 

 

अध्यक्ष श्रेष्ठले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा अगामी वर्षका लागि कृषि तथा पशुपालनमा व्यावसायिकता ल्याउन ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण, एक वडा एक पकेट क्षेत्र विकास, गाई–भैंसी तथा बाख्रा पालन, मौरी पालन, गड्यौली मल उत्पादन, तरकारी तथा फलफूल खेतीलाई प्रवद्र्धन कार्यक्रम गरिने उल्लेख छ । यस्तैगरी जन्तीलुङ्ग र मरामकोटमा होमस्टे प्रवद्र्धन, मगर संग्रहालयको व्यवस्थापन, एक वडा एक महोत्सव, पर्यटन नक्सा निर्माणजस्ता कार्यक्रम अघि बढाइने कार्यक्रम समावेस रहेको छ ।

 

 

प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सभाका सदस्यहरुले आवश्यक अध्ययन गरी आगामी असार १० गते मंगलबार बस्ने दोस्रो बैठकमा छलफलसहित पास गर्ने गरी बैठक स्थगित भएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो । उहाँले दोस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश हुने समेत बताउनुभयो ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।