Search
बिहि, असार २६, २०८२

रामपुर नगरपालिकाले नीति तथा कार्यक्रमसहित ८२ करोड १८ लाखको बजेट सार्वजनिक

पाल्पाको नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसहित ८२ करोड १८ लाख ६६ हजार ६ सय २१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।   सभामा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नगरवासीको सर्वांगीण विकास संगै समृद्धि सुशासन सेवा प्रवाहका साथ तिव्र विकासको संकल्प सहित नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो । विगतका केही कार्यक्रमलाई निरन्तरता संगै अन्य थप योजना अघि सारेको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा उत्पादन वृद्धिका लागि ‘कृषि उत्पादकत्व वृद्धिः रामपुरको समृद्धि’को नारा अघि सारेको छ ।

 

नगर प्रमुख थापाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिकाले बालीवस्तुको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्या प्रवद्र्धनको योजना अघि सारेको छ । साथै फलफूलका विरुवा उत्पादन गरी सामुहित तथा नीजि बगैचा विकास गरिने उल्लेख छ । सिंचाईलाई व्यवस्थित गर्न कृषकका गरा सबै हराभरा भन्ने अभियानलाई अघि सारेको छ । निस्दीखोला लगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएने उहाँको भनाइ छ ।
उत्पादनमा निर्यातलाई प्रोत्साहन, पर्यटन प्रवद्र्धनका लागि रामपुरको पहिचान राम सर्किटको अभियानको नारालाई अघि बढाइने, कालीगण्डकी डाईभर्सन आयोजनाले नगरपालिकाको प्रकृतिक धार्मिक, सामाजिक र आर्थिक अस्तित्व माथि प्रतिकुल असर पार्ने भएकाले यसलाई रोक्नका लागि नदी संरक्षणका लागि आवश्यक पहल गरिने, रोजगारी सिर्जनाका लागि मिसन रोजगारीः दिगो रोजगारी र उद्यमशीलता प्रवद्र्धन अभियान सञ्चालन गर्ने, बसार्इँ सराईलाई निरुत्साहित गर्न घनाबस्ती र सहरउन्मुख क्षेत्रमा वस्ती विकासका कार्यक्रम सञ्चालन गर्ने, होमस्टे सञ्चालनलाई प्रवद्र्धन गर्ने नीति अघि सारिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तैगरी सभामा विनियोजन विद्येयक र आर्थिक विद्येयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले ८२ करोड १८ लाख ६६ हजार ६२१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको थियो । उपप्रमुख थापाले कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाले संघीय समानिकरण अनुदान बाट १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँड बाट १० करोड ६३ लाख ९८ हजार ६२१, संघीय समपुरक पुँजीगत ९१ लख संघीय विशेष अनुदान ७५ लाख संघीय सशर्त चालु तर्फ ३५ करोड११ लाख, संघीय सशर्त चालु तर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँड बाट १ करोड २९ लाख ३७ हजार, प्रदेश समपुरक १ करोड २० लाख, प्रदेश ससर्त चालु तर्फ १५ लाख ८ हजार र पूँजीगत तर्फ ३ करोड र आन्तरिक स्रोत अल्या सहित १४ करोड जुटाउने अनुमान गरेको छ ।

व्याय तर्फ चालु खर्चमा ६० करोड ५० लाख ५८ हजार २०६ र पूँजिगत खर्च २१ करोड ६८ लाख ८ हजार ४१५ विनियोजन गरेको छ । नगरपालिकाले १० वटै वडालाई समान रुपमा ६०÷६० लाख, नगर स्तरीय योजनाको लागि १ करोड ८५ लाख, पर्यटकिय स्थलको सौन्दर्यकरणका लागि ६७ लाख,सहकार्यमा योजना कार्यान्वयनका लागि ३ करोड ५० लाख, विपद् कोषका लागि ५० लाख, युवा स्वरोजगार कार्यक्रमलाई ५० लाख विनियोजन गरिएको उपप्रमुख थापाले जानकारी दिनुभयो । खेल क्षेत्रको विकासको लागि २ करोड लागत अनुमानको किसानबारी खेल मैदानलाई नगर गौरवको योजना राखि यसै वर्ष सुरु गर्न ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा लेखा समितिका संयोजक तेज बहादुर राना, अनुगमन तथा सुशासन समितिका संयोजक मोहन बहादुर राना र न्यायिक समितिका सदस्य खेमराज अधिकारीले आफ्नो मातहतका समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साथै सभाको शून्य समयमा वडा नं. १० का वडाध्यक्ष तोयानाथ सारुले कालीगण्डकी डाईभर्सनको विरोध गर्दै संकल्प प्रस्ताव पास गर्न माग गर्नु भएको थियो । रामपुर ६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले बेरुजु घटाउन पहल गर्नु पर्ने धारणा राख्नुभयो । विशेष समयमा रामपुर नगर प्रवक्ता कपिल बहादुर खाँण व्यापक रुपमा छलफल गरेर योजना तथा कार्यक्रमलाई अघि बढाउन सकिने बताउनुभयो । रामपुर–६ का वडा अध्यक्ष दिवाकर देवकोटा, रामपुर–८ का वडा अध्यक्ष दिनेश आचार्यले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

नीति तथा कार्यक्रममा सभा सदस्यहरु कपिल बहादुर खाँण, दिनेश आचार्य र दामोदर पाठकले आफ्नो राय पेश गर्नु भएको थियो । विनियोजित बजेट माथि रामपुर ३ का अध्यक्ष पाठक, रामपुर ४ का वडा राम बहादुर राना, रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारी, ४ का वडा सदस्य मोहम्मद अजिम शेखले आफ्नो सुझाव पेश गर्नु भएको थियो । सभामा पेश भएको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक, विनियोजन विद्येयक र विभिन्न समितिका प्रतिवेदन छलफलपछि सर्वसम्मत रुपमा पारित भएको सभाका सचिव तथा रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले जानकारी दिनुभयो ।

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।