Search
बिहि, असार २६, २०८२

पाल्पामा जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला

रामचन्द्र नेपाल । पारिवारीक निजी बन संघ पाल्पा शाखाको आयोजनामा जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी तानसेनमा चलिरहेको छ ।
कार्यशालाको उद्घाटन गर्दै पारिवारीक निजी बन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सरकारले आफ्ना निजी तथा कार्यक्रमहरुमा पारिवारीक निजी बन लाई समेटेर लैजानु पर्नेमा जोड दिनुभएको छ ।

 

अहिले देशभरीका पालिकाहरुले बजेट बनाईरहेका छन त्यसमा पारिवारीक निजी बन नसम्ट्ने हो भने त्यो अधुरो नै रहने उहाँको ठहर छ ।
सो अवसरमा वोल्दै पारिवारीक निजी बनका संस्थापक पाल्पा जिल्ला अध्यक्ष एकप्रसाद भण्डारीले आफूहरुले पारिवारीक निजी बनाउन जिल्लामा खेलेको भूमिकाको बारेमा चर्चा गर्दै मानिसहरुलाई बनको वारेमा वुझाउदा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक बन महासंघका(फेकोफन) लुम्विनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक बन महासंघ र निजी बनले किसानहरुको आर्थिक आयआर्जनको लागि काम गरिरहेको बताउनुभयो ।

 

यसैगरी कार्यक्रममा सामुदायिक बन तानसेन नगर अध्यक्ष भवानी गौतमले तानसेनमा पहिलेको तुलनामा सामुदायिक बनहरुको राम्रो सँग विस्तार भैरहेको र आउदा दिनहरुमा योजना बनाएर अघि वढने बताउनुभयो ।

 

पारिवारीक निजी बन संघ पाल्पाका अध्यक्ष प्रेम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सदस्य यादवराज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक सुवासचन्द्र देवकोटाले सामुदायिक बन र पारीवारिक वनको फरक, वर्तमान अवस्थामा जलवायू परिवर्तनले पारेको असर,नेपालमा बनको अवस्थाको वारेमा प्रशिक्षण दिईरहनु भएको छ । तालिममा पाल्पा जिल्लाका दशबटै स्थानीय तहका बन सम्वन्धी सरोकारवालाहरुको ३३ जनाको सहभागिता रहेको छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।