Search
बिहि, असार २६, २०८२

शीत काव्य समाजको पाँचौ वार्षिक दिवस तथा कृति लोकार्पण

शीत काव्य समाज नेपालले शीत परिकल्पनाको पाँचौ वार्षिक दिवस समारोह कृति लोकार्पण र सम्मान सहित भव्यताकासाथ मनाएको छ । समाजद्वारा टोखा, काठमाडौमा आयोजित समारोहको  प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा हुनुहुन्थ्यो ।

 

समारोहको समुदघाटन, शीत कृति लोकार्पण र शीत पुरस्कारद्वारा स्रष्टाहरूलाई सम्मान गर्दै सम्बोधनक‍‍ो क्रममा ,” समाज रूपान्तरणका लागि साहित्य ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । राज्यले भाषा कला साहित्यको विकासको लागि सक्दो सहयोग गरिनै रहेको छ । स्वयंसेवी रूपमा स्थापना भएका साहित्यिक संस्थाको योगदान महत्त्वपूर्ण रहेको छ ” भनी बताउनु भयो ।

 

समारोहमा शीत काव्य समाज नेपालका अध्यक्ष एवं प्रथम शीत ईश्वर कृष्ण के.सी. द्वारा आफ्नो स्वर्गीय पिता माताको स्मृतिमा स्थापना गरिएको शीतकर्णशिवकुमारी पुरस्कारद्वारा शीत परिकल्पनाकार पुष्कर अथक रेग्मी र शीत ईश्वर दामोदर ढकाल’ दीपक’ लाई पुरस्कृत गरिनुका साथै शीत कृतिकार विमला ढकाल ‘ समीक्षा ‘ लाई एघारौं शीत ईश्वरको पदवीद्वारा विभूषित गरियो ।

 

विमला ढकाल ‘ समीक्षा ‘ द्वारा लिखित शीत काव्य सङ्ग्रह ‘कल्प’ ( २०८२) भित्र तिसवटा विभिन्न शीर्षकमा एकहजार आठवटाभन्दा बढी शीतहरू रहृेका छन् । कृति उदाहरणीय र संग्रहणीय रहनुकन साथै शीत काव्य  लेख्नका लागि सूत्र अर्थ मन्त्रपूर्ण रूपमा उपयोगी रहेका छन ।

 

हालसम्म शीतका पन्ध्रवटा कृति प्रकाशित भइकेका छन् ।कविता विधाको लघुतम उपविधा शीतको जन्म पाल्पामा भएको हो । शीत लेख्न सजिलो भएकोले यस्को व्यापकता बढदो छ ।

 

शीत काव्य समाज नेपालद्वारा काठमाडौंमा शआयोजित समारोहमा कलाकार विष्णु गुरूङ, गायिका सरस्वती अर्याल , शीत ईश्वर सत्यनारायण ढकाल , शीत ईश्वर भोजभक्त कँडेल र बर्षा ढकालद्वारा शीत गायन हुनुका साथै कृतिकार  विमला ढकाल , साहित्यकारहरू द्वारिका कुइकेल ,दुर्गा अधिकारी भमरकोटे ,भागवत खनाल , दीर्घबहादुर चन्द ,छवि बैरागी ,डा. शैलेन्दु प्रकाश नेपाल र परिकल्पनाकार पुष्कर अथक रेग्मीद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियोे ।

 

कलाकार विष्णु गुरूङको स्वागत र महासचिव दामोदर ढकाल ‘ दीपक’ को संचालनमा भएको समारोहको अध्यक्षता शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्णबहादुर के.सी.द्वारा गरिएको थियोे ।

 

 

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।