Search
बिहि, असार २६, २०८२

रिब्दीकोट गाउँपालिकाको नीति कार्यक्रम : कृषिलाई मुख्य प्राथमिकता

पाल्पा- जिल्लाको रिब्दीकोट गाउँपालिकोे १८ औं गाउँ सभाको पहिलो बैठकले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । पालिकाले समावेशी विकास, सुशासन, रोजगार सिर्जना, कृषि र पर्यटन प्रवद्र्धनमा जोड दिदै विकासको गतिलाई तीव्र बनाउन समन्वयात्मक योजनाहरू ल्याइएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले “समृद्ध रिब्दीकोट निर्माणका लागि कृषि, पर्यटन र यातायातलाई प्राथमिकता दिएको बताउनुभयो ।

 

गाउँपालिकाले “म बनाउँछु मेरो रिब्दीकोट“ भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भरता, हरित विद्यालय, निःशुल्क टिफिन, बुक फ्रि फ्राइडे, स्वास्थ्य बीमा, खुल्ला व्यायामशाला, स्मार्ट सेवा प्रणाली, डिजिटाइजेशन, तथा महिला र जेष्ठ नागरिकको सशक्तिकरणमा विशेष ध्यान दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

अध्यक्ष कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषिमा पकेट क्षेत्र घोषणा गरी व्यवसायिक उत्पादन र बजार सञ्जाल विस्तार गरिने, जैविक मलको प्रयोगलाई प्रोत्सान गर्ने, पशुपालनमा कृत्रिम गर्भाधान, रोग नियन्त्रण र नश्ल सुधार कार्यक्रम सञ्चालित गर्ने, शिक्षामा उत्कृष्ट विद्यालय प्रोत्साहन, स्थानीय पाठ्यक्रम, छात्रवृत्ति र शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने लगायतका कार्यक्रमहरु समावेश छ ।

 

पालिकाले लैंगिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने,पर्यटन प्रवद्र्धनमा ऐतिहासिक स्थलहरू जस्तै जलेश्वरधाम, छत्रदेवालय, सतनचुली, कासिकागढी, परुठा डाँडा संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनलगायतका काम गर्ने, पूर्वाधारमा नयाँ सडक स्तरोन्नति, हरियाली प्रवद्र्धन, तथा भवनमा बालमैत्री र अपांगमैत्री संरचना अनिवार्य गरिने, गाउँपालिकाले युवालाई स्वरोजगारमुखी बनाउँदै वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई उद्यमशीलतामा जोड्ने योजना अघि सार्ने जस्ता विषय समावेस गरिएका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो ।

 

समुदायको सहभागितामा आधारित विकासमार्फत रिब्दीकोटलाई समृद्ध बनाउने योजना सहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले जानकारी दिनुभयो । सभाको अर्कोबैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।