Search
बिहि, असार २६, २०८२

रैनादेवी छहराको नीति कार्यक्रम : आर्थिक र सामाजिक विकासमा जोड

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  गाउँसभाको १८ औं बैठकका अध्यक्ष रुक्मागत भट्टराईले ‘आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधारः समृद्ध रैनादेवी छहराको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । उहाँले दीर्घकालीन सोचका साथ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणका क्षेत्रमा सन्तुलित विकासका कार्यक्रम गर्नेगरी सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्दै स्वावलम्बी र समुन्नत गाउँपालिका निर्माण गर्ने, समावेशी, पारदर्शी र परिणाममुखी विकासलाई प्राथमिकतामा राखिएको जानकारी गराउनुभयो ।

 

कृषिमा व्यवसायिकता, यान्त्रीकरण र “एक गाउँ, एक उत्पादन” को अवधारणा अनुसार आत्मनिर्भरता बढाउने, शिक्षामा “एक विद्यालय, एक कम्प्युटर” तथा बुक फ्रि फ्राईडे जस्ता सिर्जनशील कार्यक्रम गर्ने, स्वास्थ्यमा “एक विद्यालय, एक नर्स“, सुत्केरी आमा पोषण कार्यक्रम, १५ शय्याको अस्पताल निर्माण, पर्यटनमा होमस्टे प्रवद्र्धन, धार्मिक स्थल संरक्षण, पर्यटकीय पदमार्ग विकास, पूर्वाधारमा सिभिल प्रयोगशाला निर्माण, छहरा–धजाबान्ने, सुन्दरेढुङ्गा–जुठापौवा–सालझण्डी लगायतका सडकको स्तरोन्नति गर्ने, युवामा स्वरोजगार तालिम, अध्यक्ष कप खेलकुद प्रतियोगिता, स्टार्टअप प्रोत्साहन, समावेशीतामा महिला, दलित, अशक्त र एकल महिलालाई लक्षित कार्यक्रम र “हिंसामुक्त गाउँ” अभियान सञ्चालन गरिने लगायतका कार्यक्रमहरु समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

 

कार्यक्रमको कार्यान्वयनका लागि पारदर्शिता र जनसहभागितामा विशेष जोड दिइने र कर सुधार, सेवालाई आधुनिकरण गर्ने, योजनाको अनुगमन र सार्वजनिक सुनुवाइमार्फत सुशासन सुनिश्चित गरिने उल्लेख छ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।