Search
बिहि, असार २६, २०८२

नेपाली सेना भूपू सैनिक संघ पाल्पाद्वारा रेडक्रसलाई सहयोग

पाल्पा – जिल्लाको नेपाली सेना भूतपूर्व सैनिक संघ पाल्पाले रेडक्रसको रक्तसंचार (बल्डबैंक) स्थापनाको लागि आर्थिक सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्वलाई बहन गर्दै रगत अभावमा कोही पनि विरामी अकालमा मृत्यूवरण गर्नुनपरोस भन्ने हेतुले बल्डबैंक स्थापनाको लागि आर्थिक सहयोग गरेको नेपाली सेना राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीले बताउनुभयो ।

 

क्षेत्रीका अनुसार संघले जिल्लाभर छरिएर रहेका नेपाली सेनाको भूपूहरुलाई एकिकृत गरेर बचत परिचालन, मृत्यू हुँदा किरिया खर्च, सहुलित रुपमा बैंकहरुसीत सम्झौंता गरेर ऋण प्रवाह गर्दै भूपूहरुको हक र हितको प्रर्वद्धनमा काम गरेको बताउनुभयो ।

 

रेडक्रस पाल्पाको रक्तसंचार अभियानमा सहयोग गर्न संघले ५१ हजार १ सय ५१ रुपैंया बराबरको चेक सभापति देवबहादुर भाट क्षेत्रीले रेडक्रस पाल्पाको सभापति बाबुराम कार्कीलाई एक कार्यक्रमको बीचमा हस्तान्तरण गर्नुभयो ।

रेडक्रसका अध्यक्ष बाबुराम कार्कीले संघले गरेको सहयोगले रेडक्रसले स्थापना गर्न लागेको बल्डबैंक बनाउन सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । रेडक्रसले विपद्र व्यवस्थापनमा सहयोग गर्दै आइरहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनको लागि सहयोग गरेकोमा संघलाइ धन्यवाद दिनुभयो।

कार्यक्रम नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाल्पाका सभापति देवबहादुर भाट क्षेत्रीको अध्यक्षता र  संघका सदस्य तारा बहादुर भाटको संचालनमा भएको थियो । कार्यक्रममा रेडक्रस र भूपू सैनिक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।