पाल्पा – जिल्लाको माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवा र खोप दिगाेपना सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रवार एक कार्यक्रमका बीचमा माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा तथा गाउँपालिका घोषणा सुनिश्चितता तथा पूर्ण खोप सुनिश्चितता दिगोपना वडा तथा गाउँपालिका घोषणा समारोह कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय खेम बहादुर सारुले कार्यक्रमको उद्घाटन गर्नुभयो । माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।