Search
बुध, जेष्ठ ७, २०८२

पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी सम्मानित

पाल्पा –  पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मी राष्ट्रिय सुसेली फाउन्डेसनद्वारा काठमाडौंमा सम्मानित हुनुभएकाे छ । फाउन्डेसनको सातौ वार्षिक दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा रेग्मीलाई समीक्षकको रूपमा ‘ चन्द्रा कमला शिवहरि वाग्ले सुसेली सम्मानले  प्रमुख अतिथि  वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ,  राष्ट्रिय सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे र दाता साहित्यकार चन्द्रा न्यौपानेद्वारा सम्मान गरिएको हो ।

 

फाउन्डेसनले रेग्मी सहित विभिन्न विधाका  पन्ध्रजना स्रष्टाहरूलाई सम्मान गरेको छ । पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाज, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष र शीत काव्य समाज नेपालका परिकल्पनाकार समेत हुन।

 

उहाँ पाल्पामा बसी साहित्यिक अभियानहरू संचालन गर्दै आउनुभएकाे छ । दुई दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका अथकले समीक्षा समेत लेख्दै आउनुभएकाे छ । समीक्षाको माध्यमद्वारा सुसेलीको व्यापिकरणमा योगदान पुर्याए बापत अथकलाई सम्मान गरिएको हो ।

 

अन्य सम्मानित व्यक्तित्व र सम्मानहरू

१.चन्द्रा-कमला-शिवहरि वाग्ले सुसेली सम्मान : स्रष्टा / समीक्षक  पुष्कर अथक रेग्मी

२.जन्मभूमि सुसेली सम्मान :     वरिष्ठ कवि ठाकुर शर्मा  भण्डारी

३.डा. शेष-चन्द्रा न्यौपाने सुसेली सम्मान :  वरिष्ठ कवि डा.  यज्ञश्वर  निरौला

४. राम-सुशीला सुसेली सम्मान :     वरिष्ठ कवि प्राज्ञ डा. देवी नेपाल

५. सुचिता-ऋतु सुसेली सम्मान :      वरिष्ठ साहित्यकार प्रा. डा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’

६. केशव-विमला सुसेली सम्मान : वरिष्ठ कवि  वेदमणि घिमिरे

७. कमला देवकोटा सुसेली सम्मान :  वरिष्ठ कवि प्राज्ञ डा. हेम पौडेल

८. बम-जानुका सुसेली सम्मान : वरिष्ठ कथाकार प्राज्ञ  माया ठकुरी

९. मुरली-सरस्वती सुसेली सम्मान :     वरिष्ठ साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली

१०. कृष्ण-गुनु सुसेली सम्मान :     कविन्द्र  कलानिधि दाहाल

११. गंगा सुसेली सम्मान :       महाकाव्यकार  चन्द्रप्रसाद  न्यौपाने

१२. गंगा सुसेली सम्मान : समीक्षक अरुण नदी‌ खत्री ।

१३. चन्द्रा-कमला-शिवहरि  वाग्ले सुसेली सम्मान :       वरिष्ठ साहित्यकार एवम् पत्रकार   छविरमण सिलवाल

 

१४. राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान :       प्रकाशक, साहित्यकार एव  मिडियाकर्मी  दामोदर       ढकाल ‘दीपक’ ।

 

१५. राष्ट्रिय सुसेली फाउन्डेसन सम्मान :           साहित्यकार एवम् टेलिभिज  कार्यक्रम प्रस्तोता  सुशीला ढकाल अधिकारी । सम्मानित व्यक्तित्वहरूमा रानीमहल समाचार हार्दिक बधाई ज्ञापन गर्दछ ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।