Search
बुध, जेष्ठ ७, २०८२

अलौकिक वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम

पाल्पा – ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय पाल्पाको ३९ औं वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय कार्यालय पाल्पाको आयोजनामा बिहिबार एक समारोहको आयोजनासहित कार्यक्रम भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको सामाजिक परिवर्तनको साथसाथै सनातन सेवा, मितव्ययीता, पारदर्शीता योग लगायतका सेवा र योगदान सवैले सिको गर्ने खालको रहेको बताउनुभयो । उहाँले सकरात्मक चिन्तनको लागि मानिस आध्यात्मिक, सादगी र सरल हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

कार्यक्रममा बगनासकाली गाउँपालिकाका कार्यवहाक अध्यक्ष हरिप्रसाद पाठक, धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौडेल, स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले असल ज्ञानले ईश्वरीय साधनामा लाग्न प्रेरित गर्ने धारणा राख्नुभयो । संस्कार, मूल्य मान्यता स्थापित गरी सामाजिक रुपान्तरण गर्न ब्रह्ककुमारी ईश्वरीय विश्वविद्यालयको विशेष योगदान रहेको सहभागी वक्ताहरूको भनाई थियो । ३९ औं वार्षिक उत्सवमा संस्थाका सचिव ब्रह्मकुमार भानुप्रकास पौडेलले ३ लाख ८७ हजार ९ सय ९३ रुपैंया बराबरको आयव्यव्य प्रस्तुत गर्नुभयो ।

 

पाल्पा, गुल्मी र स्याङ्गजामा गरी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका शाखा, उपशाखा र इकाई गरी ३६ ठाउँबाट दैनिक सेवा प्रदान भइरहेको जानकारी दिनुभयो । पाल्पा, गुल्मी र स्याङ्जाका शाखा, उपशाखा र इकाईबाट दैनिक १ हजार बढी साधकहरूले लाभ लिइरहेको पौडेलले बताउनुभयो । पौडेलले कार्यक्रमको औचित्यताबारे बताउँदै ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय सामाजिक कार्यमा समर्पित संस्था भएको बताउँदै संस्थाले दैनिक राजयोग साधना, प्रवधन, सनातन संस्कृति संरक्षण, स्नेह मिलन, सकारात्मक सोचसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो ।

 

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय पाल्पाकी सञ्चालिका ब्रह्मकुमारी प्रेमाको अध्यक्षता आर्यभञ्जाङ्ग क्षेत्रकी सञ्चालिका शारदाको स्वागत, ब्रह्मकुमार भानुप्रकाश पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।