Search
बुध, जेष्ठ ७, २०८२

रामपुरमा बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी तीव्र

पाल्पा, रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्न तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

 

 

नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि अहिले वडा/वडामा विभिन्न कार्यक्रम भईरहेको छ । वडामा समिति गठन,बाल क्लव गठन,घरधुरी सर्वेक्षण,बालबलिकाको पारिवारिक ,आर्थिक र शैक्षिक अवस्था पहिचानका कार्यक्रमहरु भएको छ ।

 

बालमैत्री स्थानीय शासनका ५१ वटा सुचकका आधारमा वडा वडामा कार्यक्रम भएको हो । नगरका १० वटै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ भने वडा नं.२ लाई घोषणाको अन्तिम चरणमा पुगेको रामपुर नगरपालिकाले जनाएको छ । वडा नं.२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि गत आर्थिक वर्षबाट वडामा विभिन्न कार्यक्रम गरेको हो ।

 

वडा नं.२ मा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि आवश्यक सुचक पुरा गर्न विभिन्न कार्यक्रम सम्पन्न गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको छ भने अन्य वडामा पनि सुरु गरिएको छ। बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत गणकहरुलाई बालमैत्री घरधुरी सर्वेक्षण सम्बन्धी अभिमूखिकरण प्रदान गरेको छ ।

 

बालबालिकाको अवस्था पहिचानका लागि रामपुर नगरपालिका भित्रका वडामा खटिने गणकहरुलाई अभिमूखिकरण प्रदान गरेको हो । बालमैत्री स्थानीय शासन घोषणाको पहिलो र महत्वपूर्ण आधार बालबालिकाको अवस्था बुझ्ने घरधुरी सर्वेक्षण भएकोले अभिमुखिकरण प्रदान गरिएको रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो ।

 

साथै उहाँले गणकहरुलाई सही तथ्याङ्क संकलन गर्न आग्रह गर्नुभयो । उहाँले रामपुर नगरपालिकालाई समृद्ध र प्रभावकारी कार्यान्वयन सहितको बालमैत्री स्थानीय शासन सहितको नगरपालिका बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।साथै समुचित विकास र समृद्धिका लागि बालमैत्री स्थानीय शासनका सुचक पुरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

 

नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाको दिगो विकास र समृद्ध नगर निर्माणका लागि बालबालिका केन्द्रित बालमैत्री कार्यक्रम लागु गर्न आवश्यक रहेको भन्दै बालमैत्री स्थानीय शासन घोषणाले यो लक्ष्य प्राप्त गर्ने बताउनुभयो ।

 

उहाँले सही तथ्याङ्कले मात्र सही नतिजा दिने भन्दै हरेक गाँउ टोलमा रहेका बालबालिकाको वास्तविक अवस्थाको तथ्याङ्क संकलन गर्न गणकहरुलाई अभिमुखिकरण प्रदान गरिएको बताउनुभयो ।

 

नगरका सबै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेर अहिले गणकहरुका लागि अभिमुखिकरण प्रदान गरेको र अब क्रमश अन्य विभिन्न कार्यक्रम पनि तिव्रताका साथ सञ्चालन गरिने बालमैत्री स्थानीय शासनका फोकल पर्सन सञ्जु परियारले जानकारी दिनुभयो ।

Picture of Eranimahal desk

Eranimahal desk

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।