पाल्पा –पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. १ काँशीवनमा गोरु सहित मानिस नियन्त्रणमा लिएको छ । पाल्पा स्थित कालिगण्डकी करिडोर सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २–०३००१ च ३३५६ नम्बरको पिकअप गाडीहरुलाई प्रहरी चौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकी चेकजाँच गर्ने क्रममा गोरु भेटिएको थियो ।
प्रहरी चेकिंगको क्रममा बा २१ च ८९२८ नम्बरको पिकअपमा ५ वटा र प्रदेश २–०३००१ च ३३५६ नम्बरको पिकअपमा ६ वटा गोरुहरु क्षमता भन्दा बढी कोची घाउ चोट लाग्ने गरी निर्दयीपूर्वक यातना दिई ल्याएको हुँदा दुवै सवारी साधन र चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
चालकहरु प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअपको चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १७ बस्ने वर्ष २८ को सिशान थिङ र बा २१ च ८९२८ नम्बरको पिकअपको चालक जिल्ला बारा जितपुरसिमरा उपमाहनगरपालिका वडा नं. २ बस्ने वर्ष २२ को महेश भोलानलाइ पक्राउ गरेर थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।