पाल्पा – जिल्ला पाल्पा तिनाउ गाउँपालिका ३ सिसुवाको भीरमा एकजनाको शव फेला परेको छ । अन्दाजी ६०÷६१ को जस्तो देखिने पुरुष मानिसको शव फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौंकी दोभानबाट प्रहरीनायवनीरिक्षक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रनानीको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरी अनुसन्धानबाट उक्त शव ऐऐ श्रीडाँडा बस्ने बर्ष ६१ को भिम बहादुर सोमईको रहेको भन्ने बुझिएको, निज मृतक मिति ७ गतेबाट कोही कसैलाई जानकारी नगराई हराएको थिए ।
प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएको, उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक कमल प्रधानले रानीमहललाई जानकारी दिनुभयो ।